Home » » यस्तो छ डन्डीफोर हटाएर सुन्दरतामा चमक ल्याउने तरिका (थाहा पाउनुहोस)

यस्तो छ डन्डीफोर हटाएर सुन्दरतामा चमक ल्याउने तरिका (थाहा पाउनुहोस)





हरेक महिलालाई आफु सुन्दर कसरि बन्ने भनेर सोचीरहेका हुन्छन । र सुन्दर बन्न थुप्रो सामानहरु प्रयोग गर्छन ।तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ।
*ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। एक कप पानीमा ल्वाङ उमाल्ने। पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र अनुहारमा डन्डीफोर भएको ठाउँमा लगाउने। आधी घण्टासम्म राख्ने। सुखेपछि चिसो पानीले अनुहार धुने। यसो गर्दा डन्डीफोर हटेर जान्छन्।
*मह
धेरै कम मानिसलाई थाहा छ कि महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने। १५ मिनेटपछि चिसो पानीले धुने। चिसो दूधले पनि अनुहार धुन सकिन्छ। यसले डन्डीफोरको समस्याबाट छुटकारा त दिलाउँछ नै तपाईंको छाला चम्किलो पनि बनाउँछ।
*केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।
*कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।
*गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्दा यसले छिट्टै फाइदा दिन्छ।
*चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने। र, डन्डीफोरबाट छुटकारा पाउने।
*बाफ लिने
 बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ। स्रोत : ओ यस नेपाल

0 comments:

Post a Comment

Powered by Blogger.

Trending Topic

Search This Blog

छाला

m

Popular Posts

Template Information

comments

LATEST JOBS