आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । आँखाको सुन्दरतालाई सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा (डार्क सर्कल) बस्छ, त्यसले अन्य सुन्दरतालाई पनि छायाँमा पार्छ । शरीर जतिसुकै कसिलो भएपनि आँखा सुन्दर नहुँदा सुन्दरता अर्थपूर्ण मानिदैन । तपाईको आँखामा निम्न कारण कालो धब्बा बस्नसक्छ ।
मानसिक तनाव, कलेजो वा पाचन प्रणालीमा समस्या, निद्रा नपुग्नु, अस्वस्थ खानपान रक्सी–चुरोटको सेवन, महिनावारी नियमित नहुनु, कब्जियत, पोषणको कमी आदि डार्क सर्कल आउन सक्छ । यी घरेलु बिधि अपनाउँदा पनि डार्क सर्कल कम नभए डाक्टरको सल्लाह लिनुहोला । कतिपय अवस्थामा विभिन्न रोगका कारण पनि डार्क सर्कल आउन सक्छ ।
- चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने ।
- आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने ।
- चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने ।
- बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने ।
- मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ ।
- हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने ।

0 comments:
Post a Comment