Home » » टाउको दुखाइबाट छुटकारा पाउने उपायहरु:


३: नियमित रुपमा व्यायाम गर्ने 

नियमित रुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ । हफ्ताको ४–५ दिन करीब २०–३० मिनेट छिटो–छिटो हिंड्नु स्वास्थ्यकर हुन्छ । 


४: मानसिक तनाव कम राख्ने 
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ । साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ । 

५: चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने 
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ। 

६: स्वस्थ खाना खाने
स्वस्थ खाना ९भन्नाले हरियो सागसब्जी, फलफुल, पानी०को बढी मात्रामा सेवन गर्ने बानी गर्नुपर्छ। त्यस्को मतलब कोकफेन्टा, चाउचाउ, चिप्स जस्ता प्रोसेस्ड खानेकुरा खाँदै नखानु भनेको हैन, किनकी त्यो सम्भवै छैन, तर कम गरेको धेरै बेस। साथै बाहिर होटलका अनहाइजेनिक खानाहरु पनि सकेसम्म नखानु राम्रो। अनी खाना टाइममा खाने, भोको पेट नबस्ने गर्नाले पनि माइग्रेनको दुखाइले सताउन कम हुन्छ। 

७: चिसोले टाउको सेक्ने 
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ, त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्नाले टाउको दुखाइमा आराम मिल्छ। 

८: दुखाइको औषधी खाने
टाउको दुखाइ अती नै बढी छ, सहन नसकिने छ भने दुखाइका साधारण औषधीहरु जस्तै सिटामोल, सिटामोल र कोडिनको कम्बिनेसन (कोडोपार, डोलोपार आदी) खान हुन्छ । निम्स, ब्रुफेन जस्ता पेनकिलरको अत्यधिक सेवनले ग्यास्ट्राइटिस, किड्नीमा समस्या गर्न सक्छ र टाउको दुखाइ पहिले भन्दा फरक, धेरै छ भने डाक्टरलाई देखाउनु बेस हुन्छ । - See more at: http://npbestvideo.blogspot.co.il/2015/03/blog-post_764.html#sthash.i0YUva6y.dpuf

0 comments:

Post a Comment

Powered by Blogger.

Trending Topic

Search This Blog

छाला

m

Popular Posts

Template Information

comments

LATEST JOBS